सग्लो कष्टिएका, हँसिलो,
भाग्य पनि जितेका,
रूप पनि कस्तो?
ठ्याक्कै बलिसकेको,
कोइला जस्तो
भाग्य पनि जितेका,
रूप पनि कस्तो?
ठ्याक्कै बलिसकेको,
कोइला जस्तो
वर्ण नै कालो,
रङ्ग नै कालो
गर्भमै जेलको साङ्लो तोडेर जन्मेका,
जन्मिनेबित्तिकै यमुना तरेर हुर्केका,
जैविक मातापिताबाट विक्षिप्त भएका,
धर्म मातापिताबाट जीवन पाएका
उहाँ स्टिभ जब्स पनि हैन,
लियोनार्डो डेल भेचियो पनि हैन
वहाँ नन्दको आँगनमा गोपिहरूसँगै खेल्ने,
गोवर्धन पर्वत औंलामा उठाइदिने,
कालियाको फनमा वेणु तरङ्गमा नाच्ने,
माखन चोर्दै सारा ब्रज हँसाउने
गोवर्धन पर्वत औंलामा उठाइदिने,
कालियाको फनमा वेणु तरङ्गमा नाच्ने,
माखन चोर्दै सारा ब्रज हँसाउने
उहाँ त अर्जुनको सारथी,
कुन्तीको माइती,
सुयोधनकी छोरी भगाउने
महान् पुत्र साम्बका पिता,
बलदेवका भाइ,
सुभद्राका दाई
यदुवंशकै भए पनि,
गोपालवंशमा रुम्लिएका उहाँ,
राधाका प्राणपियार उहाँ
धर्मवियोगमा रणभूमिमा पसेका,
गीताको वाणी लिएर मूल बाटोमै बसेका,
द्रौपदीको पुकारमा चीर बनिदिने,
सुदामा’का कनिष्ठ सखा उहाँ,
जिन्दगीका सारा दाउपेच हार-जीतमा बुझ्ने,
संसारलाई वैकुण्ठ तराउने
हरिका हरि
रामको नाम जस्तो
द्वारिका राजनको
ओहो! उहाँ त
भगवान श्री कृष्ण पो!
✍️ हेम चन्द
___________________________________________________
माथि राखिएका केही आगन्तुक शब्दका अर्थहरु :
सग्लो = पुरैकस्ठिएको = खादिएको बलियो / हिस्टपुस्ट
फन = भेष वा लवज
वेणु= बाँसुरी
चीर = कोही छोप्न वा ढाक्ने गरि बाध्ने कपडा
कनिष्ठ = ज्यादै नजिकैको, अत्यन्तै मिलनसार
सखा= साथी
राजन = राजा
वाणी= आवाज वा सन्देश
दाउपेच= मौका वा अवसर
प्राणपियार= मोहनी जालमा बाधिएको अवस्था वा आफ्नो ज्यान भन्दापनि गहिरो माया
© 2026 लेखकमा सुरक्षित

0 Comments